- Meeting between CityNet Secretariat and CNNC
- New Executive Committee of CNNC elected
- Disaster Preparedness and Response Plan of Lalitpur made public.
- Teaching Skill for Professionals (TSP) Course conducted for Professors and DRR Professionals
- Humanitarian Partnership Platform organizes tabletop simulation exercises
- एनसेटको ३०औं वार्षिकोत्सव सम्पन्न
- 30th Year of NSET's Action marked
- GEM Conference 2023: A Milestone Event Showcasing Advances in Global Earthquake Hazard and Risk Maps, Models and Databases
- Makati City hosted CityNet Disaster Cluster Seminar
- Online training course on Future Visioning conducted focusing for Rapti city
- View all
एनसेटको ३०औं वार्षिकोत्सव सम्पन्न

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले आफ्नो स्थापनाको ३०औं वार्षिकोत्सव कार्यक्रम ललितपुरको भैंसेपाटी स्थित कार्यालयको परिसरमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सधैंका बर्षहरुमा झैं बिभिन्न रचनात्मक तथा मनोरंजनात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो ।
सो कार्यक्रममा एनसेटका अध्यक्ष डा. आमोदमणि दीक्षितले संस्थाले विगत ३ दशकको अवधिमा प्राप्त गरेका महत्पपूर्ण उपलव्धीहरु पेश गर्दै यस क्रममा प्राप्त मार्गनिर्देशन, साथ र सहयोगका लागि नेपाल सरकारका निकायहरु, साझेदार संस्थाहरु र सरोकारवाला सबैमा आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत विपद सम्बद्ध क्रियाकलापमा प्रत्यक्ष संलग्न मन्त्रालय, विभागका वरिष्ठ अधिकारीहरू, नगरपालिकाका वरिष्ठ अधिकारीहरू, सुरक्षा निकायका वरिष्ठ अधिकृतहरू, राष्ट्रसंघीय निकायका साथै राष्ट्रिय र अन्तर्राट्रिय संघसंस्थाका प्रतिनिधिहरू, शैक्षिक तथा प्राज्ञिक व्यक्तिहरू, समुदायका प्रतिनिधिहरू, सञ्चारकर्मीहरु, निजी क्षेत्रका प्रतिनिधिहरू र विपद् जोखिम व्यवस्थापन क्षेत्रमा काम गर्ने बिभिन्न सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
वार्षिकोत्सव कार्यक्रमका सहभागीहरुलाई लक्षित गरेर एनसेटले बर्षभरि गरेका बिभिन्न क्रियाकलाप र उपलव्धीहरुलाई समावेश गरेर प्रदर्शनीको कार्यक्रम समेत आयोजना गरिएको थियो । सहभागीहरूले अभिरुचिपूर्वक प्रदर्शनी कक्षहरूको अवलोकन गर्नुभएको थियो। सो अवसरमा पहिरोको जोखिम सम्बन्धी सचेतना अभिवृद्धिका लागि तयार पारिएको सिमुलेशन मोडल प्रदर्शनी समेत गरिएको थियो। सन १९९३ सालमा नेपाली समूदायलाई भूकम्पीय जोखिमका विरुद्ध सबल बनाउने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको थियो । यसले अँग्रेजी महिना जुन १८ लाई “विपद् सुरक्षा अभिवृद्धिको लागि पुनः प्रतिज्ञा गर्ने दिन” को रुपमा एनसेटले स्थापना दिवस मनाउने गरेको छ ।
एनसेटका कर्मचारीहरुले राष्ट्रिय गान गाएर शुरु भएको कार्यक्रममा समूहगत नृत्य तथा गायनका बिभिन्न मनोरंजनात्मक प्रस्तुति रहेका थिए ।
नेवाःटाइम्समा समाचार: भूकम्पमा काम गर्दा सफल एनसेट