- Makati City hosted CityNet Disaster Cluster Seminar
- Online training course on Future Visioning conducted focusing for Rapti city
- भोलिको शहर परियोजना कार्यान्वयन गर्न सम्झौता
- Collaboration kicks-off for making future Rapti city disaster resilient
- GHI and NSET conduct Mason Training in Godawari Municipality
- School focused earthquake preparedness efforts conducted in Kailash Rural Municipality, Bagmati Province
- National Meeting of CityNet Nepal National Chapter (CNNC) held in Dhangadhi
- Need for and importance of seismic risk modeling and risk assessment highlighted
- Risk Agreement Workshop for Khokana held
- Turkey and Nepal face similar seismic risks
- View all
भोलिको शहर परियोजना कार्यान्वयन गर्न सम्झौता
शुक्रबार, बैशाख २९, २०८०
युगबोध समाचारदाता
देउखुरी । विपतबाट सुरक्षित भोलिको राप्तीका लागि सहकार्य परियोजनामा हस्ताक्षर भएको छ ।
लुम्बिनी प्रदेश सरकार र भोलिको शहर परियोजनाबीच लिखित सम्झौता भएको हो । नदी सभ्यतामा बन्ने आधुनिक राजधानी शहरलाई सबैखाले विपतको दृष्टिकोणबाट सुरक्षित बनाउने उद्देश्यले भोलिको शहर परियोजना र प्रदेश सरकारबीच सम्झौता गरेर कार्य प्रारम्भ भएको छ । प्रदेश सरकारको तर्फबाट प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेल र भोलिको शहर परियोजनाका प्रमुख जोन म्याक्लोस्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेअनुसार भोलिको शहर भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता सबैखाले विपतबाट सुरक्षित बनाउने गरी प्राविधिकहरुको सीप अभिबृद्धि, नागरिक सचेतना, बृहत योजना निर्माण र कार्यान्वयन गरिनेछ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थारुले प्रदेश राजधानीलाई नयाँ शहरको रुपमा विकास गर्न महत्वपूर्ण सम्झौता भएको बताउनुभयो । ‘काम गर्दागर्दै सहकार्य गर्ने वातावरण बन्यो । भविष्यको शहर राम्रो बन्दैछ भन्ने संकेत गर्दछ’– उहाँले भन्नुभयो– ‘यो ठाउँलाई भावी पुस्ताको लागि जग निर्माण गर्ने अवसर प्राप्त गरेका छौं । हाम्रो पालामा हाम्रो पुस्ताले भविष्यको पुस्ताको लागि प्रदेश राजधानी भोलिको शहरको बलियो जग बसाल्ने छौं ।’
प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले सम्झौताकै कारण राजधानी शहर निर्माणमा अन्तर्राष्ट्रिय विज्ञताको प्रयोग गर्ने अवसर प्राप्त भएको बताउनुभयो । उहाँले स्थानीय तहमा रहेका प्राविधिक र प्रदेश पूर्वाधार विकास प्राधिकरणमा रहेका प्राविधिकहरुको क्षमता अभिबृद्धि गरेर विपतबाट सुरक्षित शहर निर्माणमा ध्यान दिइने बताउनुभयो । ‘निकै महत्वपूर्ण अवसर प्राप्त भएको छ । यसले सिंगो लुम्बिनी प्रदेशको राजधानी शहरलाई सुरक्षित बनाउन भूमिका खेल्नेछ’– उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय विज्ञहरुसँग सहकार्यको अवसर प्राप्त भएको छ ।’ भोलिको शहर परियोजनाका प्रमुख जोन म्याक्लोस्कीले भविष्यका शहरलाई विपत जोखिमहरुबाट अझबढी सुरक्षित र अझबढी उत्थानशील बनाइने बताउनुभयो ।
शीतगंगा नगरपालिका अर्घाखाँचीका अध्यक्ष छविलाल पौडेलले सुरक्षित शहर अहिलेकै आवश्यकताको विषय बनिसकेको बताउनुभयो । भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता विपतले शहर असुरक्षित रहेको भन्दै अब बन्ने शहरहरु सबैखाले विपतबाट सुरक्षित बनाउनुपर्ने बताउनुभयो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले हचुवाको भरमा गरिने शहर निर्माणले विपत नै निम्त्याउने भएकाले अब व्यवस्थित शहर, सुरक्षित शहर निर्माणको आवश्यकता रहेको बताउनुभयो । प्रदेश राजधानी शहर निर्माणमा अन्तर्राष्ट्रिय सहयोग र सम्बन्ध विस्तार हुनु सुखद पक्ष भएको उहाँको भनाइ थियो । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले राजधानी निर्माणसँग जोडिएका समस्याका विषयहरुमा समाधान गर्नेगरी जनस्तरमा सचेतना दिने कुरा पनि कार्यक्रम भित्र रहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न विज्ञहरुले अनुसन्धान परियोजनाको बारेमा जानकारी, कामहरुको वर्गीकरण, शहरको अवस्था पहिचान तथा प्रणालीहरु, विकास निर्माणको दूरदृष्टि, योजनाको विस्तृत खाका निर्माण, जोखिमको लेखाजोखा, स्वीकार्य जोखिमको पहिचान तथा मात्रा, दूरदृष्टि परिदृश्यको मूल्यांकन र तालिम कार्यक्रम बारेमा प्रकाश पारिएको थियो ।
(This News is from Naya Yugbodh National Daily: https://nayayougbodh.com/news/2023/05/12/873708 )