Disaster Resilient Communities in Nepal by 2050

Back

महाभूकम्प आए राहत दिन अन्न भण्डारण बनाइने

का माडौ, जेष् १७ - महाभूकम्प आए तुरुन्त प्रभावित क्षेत्रमा खाद्यवस्तु पुर्‍याउन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच हजार मेटि्रक टन अन्न भण्डारण गर्न सकिने गोदाम बनाउने भएको छ । नागरिक उड्डयन प्राधिकरणको गुरुयोजनाअन्तर्गतको 'डिजास्टर रेस्पोन्स प्लान'अनुसार दुई लाख किलो लिटर इन्धन भण्डारण गर्न मिल्ने 'फ्युल ब्लाडर' पनि बनाइनेछ । अहिले विमानस्थल क्षेत्रमा रहेका इन्धन टयांकहरू महाभुकम्पबाट जोगिनसक्ने अवस्थाका नभएकाले नयाँ संरचना बनाउनुपरेको अधिकारीहरू बताउँछन् ।

प्रभावित क्षेत्रमा तत्काल राहत ढुवानीका लागि हेलिकप्टर प्रयोग गर्न महाभूकम्पले पनि नभत्किने हेलिप्याड आवश्यक पर्छ । सरकारले संयुक्त राष्ट्रसंघ, विश्व खाद्य कार्यक्रमसँग मिलेर उच्चस्तरीय हेलिप्याड पनि बनाउनेछ ।

विपद् व्यवस्थापनको मुख्य जिम्मेवारी लिएको गृह मन्त्रालयले अन्न गोदाम, फ्युल ब्लाडर र हेलिप्याड बनाउन विश्व खाद्य कार्यक्रमसँग संवाद सुरु गरिसकेको छ । सरकारले स्वीकृति दिएको दुई महिनामै आवश्यक सामग्री ल्याई उसले निर्माण थाल्ने बताएको अधिकारीहरूले जनाए ।

ब्ल्याकस्पट मर्मत चाँडै

गत वर्ष विमानस्थलको धावनमार्ग ाउँ- ाउँमा भास्सिएकाले उडानै रद्द गरेर मर्मत गर्नुपर्ने अवस्था आएको थियो । लगत्तै सरकारले अमेरिकी सहयोगी नियोगलाई अध्ययन गर्न लगाएर धावनमार्गका कमजोर विन्दुहरू -ब्ल्याकस्पट) निर्धारण गरेको थियो । महाभूकम्प आए ब्ल्याकस्पट भास्सिएर विमानस्थल नै प्प हुने खतरा रहन्छ ।

गृह मन्त्रालयले प्रतिवेदनका आधारमा ब्ल्याकस्पटहरूको मर्मत र स्तरउन्नति गरेर महाभूकम्पले उत्पन्न गर्ने खतरा टार्ने पहल सुरु गरेको छ । 'यसका लागि हामीले दाताहरूसँग समन्वय गर्नुपर्ने हुन्छ,' प्राकृतिक प्रकोप व्यवस्थापन महाशाखाका प्रमुख लक्ष्मी ढकालले भने ।

उत्तर अमेरिकी राष्ट्र हाइटीमा चार वर्षअघि महाभूकम्प जाँदा एयरपोर्टले कामै गर्न सकेन । एयरपोर्ट क्षतिग्रस्त हुनाका साथै सहयोग सामग्री लिएर आएका विदेशी जहाजहरू पनि त्यत्तिकै फर्केका थिए । 'हामीकहाँ त्यस्तो अवस्था नहोस् भन्नका लागि बेलैमा तयारी गरेर बस्नुपर्छ,' प्राधिकरणका एक अधिकारीले भने । ८३ खुला ाउँ निर्धारण अव्यवस्थित सहरीकरणका कारण राजधानीमा महाभूकम्पले कहालिलाग्दो अवस्था ल्याउनसक्ने विज्ञहरूको चिन्ता छ । उद्धार र अत्यावश्यक सामग्री सहज तरिकाले उपलब्ध हुने गरी यहाँ पूर्वाधारहरू बनेकै छैनन् । सरकारले महाभूकम्प आइसकेको खण्डमा घाइतेहरूलाई ल्याएर उपचार गर्न र बिचल्लीमा परेकालाई राख्न विभिन्न ८३ खुलास्थान निर्धारण गरेको छ । ढकालका अनुसार ती खुला स्थानको डिजाइन र म्यापिङ सकिएको छ ।

SOURCE  http://ekantipur.com/np/2070/2/17/full-story/369066.html

Media Room

NSET Publications

Gallery

Follow us on

                       
Home | About NSET | Projects/Programs | Good Practices | Hazards in Nepal | Prepare Yourself | Contact Us | RSS | Facebook | Twitter | Youtube |