Disaster Resilient Communities in Nepal by 2050
Hot News List

भुइँचालो आयो भने के गर्नुहुन्छ?

यतिखेर भुइँचालो आयो भने के गर्नुहुन्छ? एकछिन त के भयो भन्नुहोला। जमिन हल्लिएको महसुुस पनि गर्नुहुन्छ होला। अब के? आत्तिनु हुन्छ या सौम्य भएर बस्नुहुन्छ? दुइटै गरेर फाइदा छैन। यतिन्जेलसम्म त भुकम्पको पहिलो झट्का गइसक्छ। 
 
प्रकृति हो, फेरि आउँछ कि आउँदैन भर नै हुँदैन। धन्न सानो भुकम्प गएछ। आत्तिएर दौडेको भए भाग्दाभाग्दै बीचमा के हुन्छ थाहा छैन। अथवा माथिबाट खसेको कुनै गह्रौं वस्तुले थिच्थ्यो होला। खेल खँलास! 
 
सौम्य भएर बस्नु बाहेक उपाय छैन। घरको गेटको नजिक भाको भए दौडेर खालि ठाउँ पुग्नुहुन्थ्यो होला। सौम्य भएर बस्दा पनि माथिको सिलिङले थिच्ला भन्ने डर। कोठाभित्रका सामान यत्रतत्र लड्यो भने आफूलाई लाग्ला भन्ने डर। सुनेको, टेबुलमुनि लुक्नुपर्छ। 
 
तर त्यहाँ टेबल बलियो भए त थेग्ने हो नत्र फेरि खेल खँलास! कस्तो जिन्दगी जिउँदैछौं हामी आफ्नो शरीरको पनि ख्याल गर्न नसक्ने मान्छेले चन्द्रमा पुगेर झण्डा गाडिसके। तैपनि पृथ्वीको प्राकृतिक प्रकोपदेखि सधै डराएर बस्नुपर्ने। धर्म र विज्ञानलाई धरि दुःख दिनसक्ने कटु सत्य हो भुइँचालो। भुइँचालो के हो? 
 
पृथ्वी पिण्डको सबभन्दा मथिल्लो भागमा कुनै कारणवश पृथ्वीको आन्तरिक उर्जा निसृत हुनाको कारणले हुनजाने भूतलको कम्पन नै भुइँचालो हो। भुकम्प मुख्यतया पृथ्वीपिण्डको माथिल्लो भागको चट्टान तन्काई बढेर थाम्न नसक्दा टुक्रनाले गर्दा हुन्छ। भुइँचालोका अन्य कारण ज्वालामुखी फुट्नु वा पृथ्वीको चुम्वकीय क्रियाशिलता वा अन्य चापमा हुन जाने परिवर्तन लगायत हुन्। ज्यानको माया कसलाई लाग्दैन र? सास हुन्जेल आश भनेजस्तै विनाकारण प्राकृतिक प्रकोपबाट किन आफ्नो ज्यान फाल्ने?कहिलेकाहीँ आफूले नजानेको कारण कुनै दुर्घटनाको फेला पर्न नपरोस्।। परेर बाँचीहाले भने पनि आफ्नो र अर्काको ज्यानको पनि ख्याल राख्न सकौं।
 
मानवताको नाताले मसहित थप २३ जना मिडियाका साथीहरुलाई भुकम्प सम्बन्धि दुई दिने तालिमको मौका जुर्‍यो। मैले यस्ता केही अनिष्ट भइहाले कसरी आफू जोगिनेबारे सिक्ने मौका पाएँ। भुइँचालो सम्बन्धि जानेका कुराहरू अलिअलि साट्न मन लाग्यो चित्रमा।

Article Covered by Setopati.com (http://setopati.com/samaj/21267/)

Media Room

NSET Publications

Gallery

Follow us on

                       
Home | About NSET | Projects/Programs | Good Practices | Hazards in Nepal | Prepare Yourself | Contact Us | RSS | Facebook | Twitter | Youtube |